Rumpum

Rumpum Advertisement

एथ्लेटिकोका कोस्टा र एरियासलाई कोरोना संक्रमण

एथ्लेटिकोका कोस्टा र एरियासलाई कोरोना संक्रमण

एजेन्सी, १९ भदौ । स्पेनिस क्लब एथ्लेटिको मड्रिडका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । एथ्लेटिकोले डिएगो कोस्टा र सान्टियागो एरियासमा कोरोना पोजिटिभ देखिएको पुष्टि गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै एथ्लेटिकाेले मजादाहोन्डामा गरिएको कोरोना परीक्षणमा कोस्टा र एरियासलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

प्रि–सिजनका लागि प्रशिक्षण गर्नु अगाडि गरिएको परीक्षणमा यी दुईमा कोरोना देखिएको हो । एथ्लेटिकोले शुक्रबारबाट प्रि–सिजनको तयारीका लागि प्रशिक्षण थाल्दैछ । अब अभ्यासमा कोस्टा र एरियाससँगै राष्ट्रिय टिममा रहेका अरु खेलाडीले भाग लिनेछैनन् ।

क्लबले दुवै खेलाडीलाई सिजनपछिको छुट्टीका क्रममा कोरोना संक्रमण भएको जनाएको छ । अब दुवै खेलाडी क्वारेन्टाइनमा रहनेछन् ।

नयाँ सिजनको ला लिगाको खेलहरू सेप्टेम्बरको तेस्रो सातादेखि सुरु हुँदैछन् । एथ्लेटिकोले लिगको पहिलो खेल २७ सेप्टेम्बरमा ग्रानडासँग खेल्नेछ । च्याम्पियन्स लिगमा सहभागी भएका कारण एथ्लेटिकोका खेल एक सातापछि राखिएको हो ।