यूएस ओपन : सेरेना तेस्रो चरणमा

एजेन्सी, १९ भदौ । अमेरिकी खेलाडी सेरेना विलियम्स यूएस ओपन टेनिस प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।

बिहीबार राति भएको स्पर्धामा मर्गारिटा गास्पर्यानलाई हराउँदै सेरेना तेस्रो चरणमा प्रवेश गरेकी हुन् । न्युयोर्कस्थित अर्थर एशे स्टेडियममा सेरेनाले रुसी खेलाडी गास्पर्यानलाई ६–२ र ६–४ को सेटमा हराइन् ।

अब, उनले अमेरिकाकै सलोनी स्टेफेन्ससँग खेल्ने छिन् ।

Loading...