बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

रुपन्देही, १९ भदौ । बुटवलमा शुक्रबार थप एक जना कोरोना भाइरस संक्रमितले ज्यान गुमाएका छन् ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल–८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उनको शुक्रबार बिहान ९ बजे मृत्यु भएका हो । ४ भदौमा अस्पताल भर्ना भएका ती पुरुषको ९ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो ।

उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो ।

Loading...