नेशन्स लिग : आज हुँदैछन् यी आठ खेलहरू

एजेन्सी, १९ भदौ । यूईएफए नेशन्स लिगमा आज आठ खेलहरू हुँदैछन् । समूह चरणका खेलअन्तर्गत आज १६ वटा टोलीहरू प्रतिस्पर्धामा छन् ।

आज हुने लिथुनिया र काजखस्थानबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजेबाट सुरु हुनेछ भने अन्य सात खेल राति १२ः ३० बजेबाट सुरु हुनेछन् ।

आज साविक उपविजेता नेदरल्याण्डका साथै इटाली, चेक रिपब्लिक, अष्ट्रिया, नेदरल्याण्ड, रोमानिया प्रतिस्पर्धामा छन् । इटालीले घरेलु मैदानमा इटाली भर्सेस बोस्निया एण्ड हर्जगोविनासँग खेल्नेछ ।

यस्तै साविक उपविजेता नेदरल्याण्डले पोल्याण्डसँग खेल्दैछ । यो खेल नेदरल्याण्डको मैदानमा हुनेछ । अघिल्लो संस्करणमा नेदरल्याण्ड उपाधि भिडन्तमा पोर्चुगलसँग स्तब्ध भएकाे थियो ।

आज हुने खेलहरूः

  • लिथुनिया भर्सेस काजखस्तान– राति ९ः४५ बजे
  • नर्वे भर्सेस अष्ट्रिया– राति १२ः३० बजे
  • इटाली भर्सेस बोस्निया एण्ड हर्जगोविना– राति १२ः३० बजे
  • स्कटल्याण्ड भर्सेस इजराइल– राति १२ः३० बजे
  • स्लोभाकिया भर्सेस चेक रिपब्लिक– राति १२ः३० बजे
  • बेलारुस भर्सेस अल्बानिया– राति १२ः३० बजे
  • रोमानिया भर्सेस नर्थन आयरल्याण्ड– राति १२ः३० बजे
  • नेदरल्याण्ड भर्सेस पोल्याण्ड– राति १२ः३० बजे
Loading...