बाँकेमा निषेधाज्ञा थपियो

नेपालगञ्ज, १९ भदौ । बाँकेमा शुक्रबारदेखि दुई दिन निषेधाज्ञा जारी गरिएको छ ।

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिले अघिल्लो साता नै यस सातादेखि हरेक शुक्रबार र शनिबार जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमणदर निरन्तर बढ्दै गएपछि नियन्त्रणका लागि सातामा दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा जारी गर्ने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

उनले निषेधाज्ञाको पालना गर्न आग्रह गरेका छन् । निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक सबै बन्द रहने कुरुम्बाङले जानकारी दिए ।

Loading...