स्पेनबाट डेब्यू गरेका अन्सु फातीको कीर्तिमान

एजेन्सी, १९ भदौ । यूईएफए नेशन्स लिगअन्तर्गत अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका स्पेनिस युवास्टार अन्सु फातिले नयाँ रेकर्ड बनाएका छन् ।

बिहीबार नेशन्स लिगको समूह चरणको खेल खेलेका फाती अन्तर्राष्ट्रिय खेलमा डेब्यू गर्ने स्पेनका दोस्रा कान्छा खेलाडी बनेका छन् ।

बिहीबार राति भएको खेलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।
जर्मनीको घरेलु मैदानमा भएको खेलमा जर्मनीका लागि टिमो वेर्नरले गोल गरे भने स्पेनका लागि जोसे लुइस गयाले गोल गरेका थिए ।

सो खेलको ४६औं मिनेटमा मैदान प्रवेश गरेका फाती सन् १९३६ यता अन्तर्राष्ट्रिय खेलमा डेब्यू गर्ने स्पेनका सबैभन्दा कान्छा खेलाडी बने । १७ वर्ष ३०८ दिनका डेब्यू गरेका फाती ८४ वर्षयता स्पेनको फुटबल इतिहासमा अन्तर्राष्ट्रिय खेलमा डेब्यू गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका हुन् ।

समग्रमा भने उनी स्पेनको इतिहासमा अन्तर्राष्ट्रिय खेलमा डेब्यू गर्ने सबैभन्दा कान्छो खेलाडीको सूचीमा दोस्रो भए । यसअघि सन् १९३६ को अप्रिलमा एन्जल जुबियटाले १७ वर्ष २८४ दिनमा स्पेनबाट डेब्यू गरेका थिए ।

यस्तै बोजान क्रिकिक २००८ मा १८ वर्ष १३ दिनमा स्पेनबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यू गर्दै दोस्रो कान्छा खेलाडी बनेका थिए । अब, फातीले क्रिकिको रेकर्ड आफ्नो नाम गरेका छन् ।

Loading...