पीएसजीका थप तीन खेलाडी कोरोना संक्रमित

एजेन्सी, १९ भदौ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का थप तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै लिग वान च्याम्पियन पीएसजीमा कोरोना संक्रमित खेलाडीको संख्या ६ पुगेको छ ।

गत बुधबार मा फरवार्डद्वय नेयमार र एन्जल डी मारिया तथा मिडफिल्डर लियन्द्रो पेरेडेसलाई कोरोना पुष्टि भएको थियो । नेयमारसहित तीन खेलाडीमा संक्रमण देखिएपछि खेलाडी र स्टाफको कोरोना परीक्षण गरिएको थियो । जसमा, फेरि तीन खेलाडीमा कोरोना पुष्टि भएको छ ।

यद्यपि, ती खेलाडीको नाम खुलाइएको छैन ।

पीएसजी अहिले नयाँ सिजनको तयारीमा छ । २३ अगस्टमा च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले १० सेप्टेम्बरबाट नयाँ सिजनको सुरुआत गर्नेछ ।

दुई साता अघिदेखि नै लिग वान सुरु भएता पनि पीएसजीले सुरुआत गरेको छैन । डिफेन्डिङ च्याम्पियन पीएसजीले अब लेन्ससँग खेल्दै लिग वानको सुरुआत गर्नेछ ।

पहिलोपटक च्याम्पिन्स लिगको फाइनल खेलेको पीएसजी जर्मन क्लब बायर्न म्युनिखसँग १–० गोलले पराजित भएको थियो ।

Loading...