ज्याकोब ब्लेकसँग बाइडेनको टेलिफोन संवाद

विराटनगर, १९ भदौ । प्रहरीको गोली लागेर गम्भीर अवस्थामा उपचाररत अश्वेत अमेरिकी ज्याकोब ब्लेकसँग जो बाइडेनको टेलिफोन संवाद भएको छ ।

जो बाइडेन अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक उम्मेदवार हुन् । उनी अमेरिकाका उपराष्ट्रपति पनि हुन् । उनीसँग भएको टेलिफोन कुराकानीमा ब्लेकले आफू पुनः हिँड्न सके पनि वा नसके पनि हिम्मत भने नहारेको बताएका छन् ।

विस्कनसिनको केनोशामा ब्लेकको ढाडमा प्रहरीले सातपटक गोलीप्रहार गरेपछि केनोशासहित अमेरिकाका अरु शहरमा ठूलो प्रदर्शन हुँदै आएको छ। बाइडेनले ब्लेकको परिवारलाई भेटेका छन् । उनले स्थानीय चर्चमा भेला भएकाहरुलाई सम्बोधन गर्ने क्रममा ब्लकेले कुनै पनि हालतमा हिम्मत नहार्ने बताए ।

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार केनोशा गएका थिए । उनले ब्लेकको परिवारसँग भेट गरेनन् । तर ब्लेकमाथि गोली प्रहारको विरोधमा भएको प्रदर्शनको र छिटफुट हिंसाको क्रममा क्षति पुगेको क्षेत्रको अवलोकन गरी प्रहरीको बचाउ गरेका थिए।

राष्ट्रपति चुनावका लागि विस्कनसिन महत्पवूर्ण राज्य हो । सन् २०१६ को चुनावमा ट्रम्प सो राज्यमा साँघुरो अन्तरले विजयी भएका थिए । दशकौँदेखि यो राज्यले राष्ट्रपतिमा विजयी हुने उम्मेदवारकै पक्षमा आफ्नो मत दिँदै आएको छ।

ट्रम्पले यो पटक ल एण्ड अडरलाई प्रमुख चुनावी मुद्दा बनाएका छन् । तर बाइडेनले भने मुखले त्यसो भने पनि ट्रम्पले रंगभेद निम्ल्याएर अराजकताको अवस्था सिर्जना गरी राजनीतिक फाइदा लिन खोजेको आरोप लगाउँदै आएका छन्।

भेटपछि केनोशामा भएको सामाजिक अगुवासँगको भेटमा बाइडेनले ट्रम्पकोअसक्षम नेतृत्वका कारण अमेरिका अहिलेको तनावग्रस्त अवस्थामा पुगेको बताएका छन् ।

Loading...