प्रतिबन्धित खानेकुरा ल्याउनेको भिसा रद्ध

विराटनगर, १९ भदौ । प्रतिबन्धित खाने कुरा ल्याएको भन्दै अस्ट्रेलियन सरकारले बाहिरी मुलुकका १४ जना नागरिकको भिसा रद्ध गरेको छ ।

भिसा रद्ध हुनेमा १४ जना परेका छन् । अक्टोबर १०१९ देखि हालसम्म भिसा रद्ध हुनेको संख्या १४ पुगेको हो ।

अस्ट्रेलियाका कृषि, सुख्खा तथा आपतकालीन मन्त्री डेभिड लिटलप्राउडले ‘नयाँ बायोसेक्युरिटी कानुन’ अनुसार भिसा रद्ध गरिएको जनाए । गत मंगलबार भिसा रद्ध हुनेमा दुईजना युक्रेनी नागरिक पनि छन् । ती दुईमध्ये एकजनाले १९७५ ग्राम सुंगुरको काँचो मासु, ६६० ग्राम सलामी, १०० ग्राम छाला, ३४० ग्राम चिकेन, १२२० ग्राम माछा ल्याएका थिए भने अर्का यात्रुले २२३५ ग्राम सुंगुरको मासु र बोसो ल्याएका थिए।

ती समातिएका प्रत्येक खानेकुरा अस्ट्रेलियाको कृषि व्यवसाय तथा पर्यावरणलाई जोखिमपूर्ण मानिएका छन् । ती यात्रुहरूले अस्ट्रेलिया आउँदा भर्नुपर्ने प्यासेन्जर कार्डमा गलत सूचना दिएकाले अस्ट्रेलियाको ‘बायोसेक्युरिटी एक्ट’को उपदफा ५३३ ९१० लाई उल्लंघन गरेका थिए ।

अस्ट्रेलियामा केके खानेकुरा ल्याउन पाइन्छ भनेर अस्ट्रेलियन बोर्डर फोर्सको वेबसाइट गएर सबै जानकारी लिन सकिन्छ । प्रतिबन्धित सामानहरू ल्याउन कानुनले रोक लगाएको छ । खानेकुरा ल्याउँदा प्लेनमा दिइने प्यासेन्जर कार्डमा उल्लेख गरेको हुनु पर्छ ।

Loading...