Rumpum

Rumpum Advertisement

ओलीकै प्रस्तावमा गौतम राष्ट्रियसभा सदस्य

ओलीकै प्रस्तावमा गौतम राष्ट्रियसभा सदस्य

विराटनगर, १९ भदौ । ‘हुन्छ र हुँदैन’को लामै फन्को मारेर अन्ततः नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनयन हुने भएका छन्।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डा. युवराज खतिवडालाई राष्ट्रियसभामा लगेर अर्थमन्त्रीमा निरन्तरता दिने अडान राख्दै आएका थिए। अर्का अध्यक्ष पुष्पकमल दाहाल र सचिवालयका बहुमत नेता गौतमका पक्षमा लबिङ गरिरहेका थिए।

त्यसैले बिहीबारको बैठकमा गतिलै वैचारिक झडप हुने आकलन गरिएको थियो। तर, स्वयं प्रधानमन्त्री ओलीले गौतमको नाम घोषणा गरिदिए। गौतमलाई राष्ट्रिय सभा लैजान यसअघि गत फागुन १४ गते पार्टी बैठकले सरकारलाई सिफारिस गर्ने निर्णय लिएको थियो।

‘केन्द्रीय उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिवाट मनोनीत गरिने राष्ट्रिय सभा को रिक्त एक पदमा मन्त्रिपरिषद्ले मनोनयनका लागि सिफारिस गर्ने क्रममा सरकार पुगेको जानकारी प्रधानमन्त्रीले गराउनुभयो’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। ओलीको संकट टार्न गौतमले बेलाबेला यसबीच महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसैले पनि उनलाई चिढ्याउने पक्षमा प्रधानमन्त्री थिएनन्। आजको अन्नपूर्ण पोस्टमा समाचार छ