बाढीले १४ को मृत्यु, ३८ बेपत्ता

विराटनगर, १९ भदौ । बागलुङको ढोरपाटन–९ मा बुधबार राति ठूलो जनधनको क्षति हुने गरी बाढी आएको छ ।

प्रहरीले बाढीले बगाएकामध्ये १४ जनाको शव फेला परेको जनाएको छ। ३८ जना बेपत्ता छन्। बाढीले ३१ घर बगाएको छ। एक सयभन्दा बढी घरमा क्षति पुगेको छ। चार जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। गम्भीर अवस्था रहेका ढोरपाटन–९ का महेन्द्र पुनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याइएको छ।

शव भेटिएका १४ मध्ये १२ जनाको सनाखत हुन सकेको छैन। मृतकमध्ये ३ बालक, १ बालिकासहित ४ पुरुष र ६ महिला छन्। ढोरपाटन–९ की २६ वर्षीया केशमाया विक र ४५ वर्षीय करबहादुर विकको मात्र सनाखत भएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी राजेन्द्र रेग्मीले बताए। आजको अन्नपूर्ण पोस्टमा समाचार छ

Loading...