वेल्सको साँघुरो जित, बेल पहिलो हाफसम्म मात्रै मैदानमा

एजेन्सी, १९ भदौ । यूईएफए नेशन्स लिगमा वेल्सले सुखद सुरुआत गरेको छ । बिहीबार राति भएको समूह चरणको पहिलो खेलमा वेल्सले फिनल्याण्डमाथि १–० गोलको साघुँरो जित निकाल्दै सुखद सुरुआत गरेको हो ।

फिनल्याडको घरेलु मैदानमा भएको खेलमा वेल्सलाई जिताउन किफर मूरेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ८०औं मिनेटमा मूरेले गोल गर्दै वेल्सलाई जिताए ।

खेलमा ग्यारेथ बेल ४६ औं मिनेटमै सब्सिच्युट भएका थिए । रियल मड्रिडमा पनि कमै माैका पाइरहेका उनकाे स्थानमा वेल्सका प्रशिक्षक रियान गिग्सले ह्यारी विल्सनलाई मैदान प्रवेश गराएका थिए ।

जितसँगै समूह ‘बी’ को वेल्सले ३ अंक जोड्यो । सोही समूहका रिपब्लिकन अफ आयरल्याण्ड र बुल्गेरियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

Loading...