ऐतिहासिक पूर्वाधार पर्यटकीय स्थल

विराटनगर, १९ भदौ । बागमती प्रदेश सरकारले ऐतिहासिक महìवका पूर्वाधार विकासका संरचनालाई पर्यटकीय स्थल तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले प्रदेशमा रहेका ऐतिहासिक महìवका चुरियामाई सुरुङ मार्ग, चन्द्रज्योति विद्युत् गृह र सुन्दरीजल विद्युत् गृहलाई पर्यटकीय स्थल तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने कार्यक्रम अगाडि बढाइएको जानकारी दिए । उनका अनुसार कार्यक्रम अगाडि बढाउन चालू आर्थिक वर्षमा एक करोड २० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

दक्षिण एसियाकै मानव निर्मित यातायात प्रयोजनको पहिलो सुरुङ मार्ग र दक्षिण एसियाकै अग्रणी विद्युत् गृह ऐतिहासिक सम्पदाका रूपमा सूचीकृत भइसकेकाले अध्ययन÷अनुसन्धान गृह समेतका हिसाबले संसारकै ध्यान खिच्न सकिने, आन्तरिक र बाह्य पर्यटक तान्न सकिने भएकाले यसको संरक्षण गर्न मन्त्रालयले कार्यक्रमका रूपमा समावेश गरेको उनको भनाइ छ ।

मुलुकको ऐतिहासिक धरोहरको संरक्षण गरी पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यसहित प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गरी प्रदेशको महìवाकाङ्क्षी आयोजनाका रूपमा अगाडि सारिएको उनको भनाइ छ । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...