Rumpum

Rumpum Advertisement

वर्षाले खेल रोकिएपछि जमैका र प्याट्रियट्सले बराबरी अंक बाँडे

वर्षाले खेल रोकिएपछि जमैका र प्याट्रियट्सले बराबरी अंक बाँडे

एजेन्सी, १९ भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पीनर सन्दीप लामिछाने सम्मेलित टोली जमैका तल्लावाजको आठौं खेल नतिजाविहीन भएको छ ।

बिहीबार राति भएको सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्धको खेल वर्षाका कारण जतिजाविहीन बनेको हो ।

ट्रिनिडाडस्थित ब्रियन लारा स्टेडियमा पानी परेर खेल प्रभावित भएपछि दुवै टोलीले बराबरी अंक बाँडेका छन् । टस हारेर प्याट्रियट्सले ब्याटिङ गरिरहँदा खेल वर्षाले रोकिएको थियो ।

खेल रोकिनुअघि प्याट्रियट्सले ५.४ ओभरमा विना विकेटको क्षतिमा ४६ रन बनाएको थियो ।

जमैका ७ अंकका साथ लिगको चौथो स्थानमा रहेको छ । प्याट्रियट्स भने ३ अंकका साथ छैटौं स्थानमा छ ।

सन्दीपले जारी सीपीएलमा दस विकेट लिइसकेका छन् ।