Rumpum

Rumpum Advertisement

नेशन्स लिग : जर्मनी र स्पेनले बराबरी खेले

नेशन्स लिग : जर्मनी र स्पेनले बराबरी खेले

एजेन्सी, १९ भदौ । यूईएफए नेशन्स लिगमा जर्मनी र स्पेनले बराबरी खेलेका छन् । बिहीबार राति भएको पहिलो चरणको खेलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

जर्मनीको घरेलु मैदानमा भएको खेलमा जर्मनीका लागि टिमो वेर्नरले गोल गरे भने स्पेनका लागि जाेसे लुइस गयाले गोल गरे ।

खेलकाे इन्ज्युरी समयमा सम्हालिन नसक्दा जर्मनी बराबरीमा राकिएकाे हाे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५१औं मिनेटमा रोबिन गोसेन्सको पासमा वेर्नरले जर्मनीलाई अग्रता दिलाएका थिए ।

तर, खेलकाे इन्ज्युरी समयमा गयाले गाेल गर्दै स्पेनलाई बराबरीमा फर्काए ।

बराबरीसँगै लिग ‘ए’ समूह चारमा रहेका जर्मनी र स्पेनले समान अंक बाँडेका छन् ।

सोही समूहअन्तर्गत युक्रेनले स्वीट्जरल्याण्डमाथि २–१ गोलको जित निकाल्दै ३ अंक जोडेको छ ।