Rumpum

Rumpum Advertisement

राकिटिक छ वर्षपछि पूर्वक्लब सेभिल्ला पुगे

राकिटिक छ वर्षपछि पूर्वक्लब सेभिल्ला पुगे

एजेन्सी, १८ भदौ । क्रोएशियन मिडफिल्डर इभान राकिटिक छ वर्षपछि पूर्वक्लब सेभिल्ला फर्किए । सन् २०१४ मा क्याप नोउ आएका उनी बुधबार साँझ सेभिल्लाको सान पाब्लो एयरपोर्ट अवतरण गरे ।

त्यसपछि उनी बिहीबार बिहान सेभिल्ला क्लबमा उपस्थित भएका थिए । उनी मंगलबार मात्र पूर्वक्लब सेभिल्ला फर्किने निश्चित भएको थियो । ३२ वर्षीय राकिटिकले सेभिल्लासँग चार वर्षका लागि सम्झौता गरेका छन् ।

सेभिल्लाकै धेरै तबल खाने खेलाडी बन्दै पूर्वक्लब फर्किएका उनले आगामी सोमबारबाट नयाँ सहकर्मीहरूसँग प्रशिक्षण गर्नेछन् ।

बार्सिलोनाले बुधबार उनको बिदाइ गरेको थियो । जसमा उनी भावुक बन्दै बार्सिलोनाबाट बिदा भएका थिए ।

बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोइम्यानको रोजाइमा नपर्ने पक्का भएपछि राकिटिक फेरि सेभिल्ला फर्किएका हुन् ।

छ वर्षअघि क्याप नोउ आएका उनले बार्सिलोनासँग आफैंले अर्को क्लब जाने बताएका हुन् । बार्सिलोनामा पूर्वप्रशिक्षकद्वय अर्नेस्टो भाल्भेर्डे र क्वीक सेटिन रहँदा उनले कमै मौका पाएका थिए ।

अब, नयाँ प्रशिक्षक रोनाल्ड कोइम्यानको प्रोजेक्टमा भने उनी रहेका छैनन् । यसैले उनी पूर्वक्लब फर्किएको बताइएको छ । उनले बार्सिलोनाका लागि ३१० खेल खेलेका छन्, जसमा उनले ३६ गोल गरेका छन् ।