देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४१३

विराटनगर, १८ भदाै । नेपालमा अहिले कोरोना भाइरसबाट संक्रमितमध्ये संक्रिय संक्रमितकाे संख्या १८ हजार ४१३ रहेकाे छ । देशभर संक्रमितकाे संख्या ४२ हजार ८७७ पुगेकाेमा सक्रिय संक्रमितकाे संख्या १८ हजार ४१३ रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ४१३ पिसिआर परीक्षण गर्दा १२ सय २८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि पुष्टि भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना सङ्क्रमण मुक्त भइ घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्केनेको सङ्ख्या २४ हजार २०७ पुगेको छ ।

गत २४ घण्टामा मुलुकभर कोरोनाका कारण छ जनाको मृत्यु भएकाे छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २५७ पुगेको छ ।

मुलुकभर हाल संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशनमा सात हजार ७४२ जना रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी देशभरका क्वारेन्टिनमा छ हजार ७४९ जना रहेका छन् । देशभर हाल १४१ जना कोरोना सङ्क्रमितको सघन उपचार कक्षमा र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Loading...