राष्ट्रिय महिला रग्बी टोलीकी कप्तान एलिसा थापा कोरोना संक्रमित

विराटनगर, १८ भदौ । नेपाली राष्ट्रिय महिला रग्बी टोलीकी कप्तान एलिसा थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

एलिसाले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छन् ।

उनले फेसबुकमा आफूले गराएको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको जनाएकी छन् ।

‘कोरोना रिपोर्ट पोजेटिभ आए जस्तै म पनि पोजिटिभ सोचाईसँगै घरमै बसेकी छु । म उच्च मनोवलका साथ आइसोलेशनमा बसेको छु, मलाई विश्वास छ म चाँडो कोरोनामुक्त भई पहिले जस्तै काममा फर्कनेछु,’ उनले लेखेकी छन् ।

Loading...