Rumpum

Rumpum Advertisement

आज १०५ नेपाली स्वदेश फर्किए

आज १०५ नेपाली स्वदेश फर्किए

काठमाडाैं, १८ भदाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार यात्रु तथा कार्गो गरी सात अन्तर्राष्ट्रिय उडान भएका छन् ।

यी उडानमार्फत १०५ यात्रु नेपाल आएका छन् भने नेपालबाट ४३ यात्रु बाहिरिएका छन् ।

आज राति नेपाल एयरलाइन्स हङकङ र हिमालय एयरलाइन्सले क्वालालम्पुर र दोहाका लागि उडान गर्ने विमानस्थलले जनाएको छ ।

शुक्रबार विभिन्न एयरलाइन्सका सात अन्तर्राष्ट्रिय उडान हुनेछन् ।

हिमालय एयरलाइन्सको क्वालालम्पुर, र दोहामा उडान हुदैँछ भने नेपाल एयरलाइन्सले हङकङबाट यात्रु काठमाडौँ ल्याउनेछ ।

कतार एयरवेज, कोरियन एयरलाइन्स, फ्लाई दुबईले पनि उडान गर्ने तालिका रहेको छ ।