Rumpum

Rumpum Advertisement

जुम्लाका सीडीओलाई कोरोना संक्रमण

जुम्लाका सीडीओलाई कोरोना संक्रमण

जुम्ला, १८ भदाै । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान परीक्षणका लागि स्वाब दिएका उनको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावले बताए ।

स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि उन होम आइसोलेशनमा बसेका छन् ।

“जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेशन अनुमगन गर्दा कोरोना पुष्टि भयो, ” उनले भने ।