सिन्धुपाल्चोकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो

सिन्धुपाल्चोक, १८ भदाै । सिन्धुपाल्चोकमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ पुगेकाे छ । बिहीबार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ कि एक महिलाको मृत्यु भएसँगै संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या चार पुगेकाे हाे ।

७७ वर्षीया ती महिलाको काठमाण्डौको वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा मृत्यु भएको हो । दमको रोग भएकी उनलाई भदौ ५ गते उपचारको लागि काठमाडौँ लगिएको थियो ।

उनको १२ भदौ कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।

उपचारकै क्रममा १६ भदौमा उनको निधन भएकोमा बिहीबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनको कोरोनाको कारण मृत्यु भएको पुष्टि गरिएको हो ।

योसँगै सिन्धुपाल्चोकमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ ।

जसमा दुई महिला र दुई पुरुष रहेका छन् । नेपालमै कोरोनाको कारण पहिलो मृत्यु पनि सिन्धुपाल्चोककै एक महिला रहेकी छन् ।

Loading...