रियल मड्रिडको मैदान बर्नाबेउ तयार

एजेन्सी, १८ भदौ । स्पेनिस क्लब रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउको मर्मत–सम्भार पूरा भएको छ । अब भने रियलले आफ्ना होम म्याच बर्नाबेउमै खेल्न पाउने भएको छ ।

यसअघि बर्नाबेउ मर्मत गर्नुपरेपछि रियलले होम म्याच खेल्न आफ्नो प्रशिक्षण मैदानलाई प्रयोगमा ल्याएको थियो । केही समययता उसले बर्नाबेउमा खेल्न पाएको थिएन ।

अब, भने रियलले बर्नाबेउमा आफ्ना होम म्याच खेल्न पाउने भएको हो । मैदानमा घाँस शतप्रतिशत उम्रिसकेको र अरु मर्मत कार्य पनि सकिएका कारण अब नयाँ सिजनका खेलहरू उसले बर्नाबेउमै खेल्नेछ ।

डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले रियल सोसिडाडविरुद्ध खेल्दै नयाँ सिजनको ला लिगा सुचारु गर्नेछ । यो खेल सोसिडाडको मैदानमा हुनेछ ।

त्यसपछि तेस्राे खेलमा भाल्लाडोलिडलाई रियल मड्रिडले आफ्नो मैदान बर्नाबेउमा आतिथ्यता दिनेछ । यो खेल ३० सेप्टेम्बरमा हुनेछ ।

Loading...