सुनसरीमा निषेधाज्ञा खुकुलो पार्ने निर्णय

सुनसरी, १८ भदौ । जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ ।

स्थानीय प्रशासनले जारी गरेको निशेधाज्ञाका कारण जनजीवन कष्टकर हुन थालेपछि आजदेखि निषेधाज्ञा खुकुलो पार्ने निर्णय भएको प्रशासनले सूचना जारी गर्दै जानकारी दिएको छ ।

सूचनासँगै आजबाट सुनसरीका धरान, इनरुवा, दुहवी, इटहरी, खनारलगायतका बजारमा किनमेल गर्नेको चहलपहल केही बढेको छ । बिहान १० बजेसम्म बजार पसल खोल्न पाइने निर्णय भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

प्रजिअ पोखरेलका अनुसार स्वास्थ्य मापदण्डअनुसार तोकिएको समयावधिभर बजार पसल खोल्न पाइने छ ।

लकडाउन खुकुलो बनाइएको जनाइएपनि प्रशासनले सिटी सफारीबाहेकका सवारीका साधन भने तत्काल सञ्चालन गर्न नपाइने भनेको छ ।

Loading...