बक्सिङ प्रशिक्षक र निर्णायकको कोरोना बीमा

काठमाडाैं, १८ भदाै । नेपाल बक्सिङ संघले बक्सिङका प्रशिक्षक र निर्णायकहरूको कोरोना बीमा गरेको छ ।

संघले ३२ प्रशिक्षक तथा २० निर्णायक गरी ५२ जनाको कोरोना बीमा गरेको हो ।

सबैको जनही रु एक लाखका दरले कोरोना बीमा गरिएको संघका प्रवक्ता श्याम अवालेले जानकारी दिए ।

ललितपुरको ग्वार्कोस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरूको बीमा गरिएको अवालेले जानकारी दिए ।

बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले बीमापत्र प्रमुख प्रशिक्षक प्रकाश थापामगर र एशियाली खेलकूदका कास्य पदक विजेता एवं सङ्घको प्रविधिक समितिका संयोजक दीपक महर्जनलाई हस्तान्तरण गरेका छन् ।

यसअघि १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा सहभागी बक्सिङका १६ खेलाडी तथा दुई प्रशिक्षकको कोरोना बीमा बक्सिङ सङ्घका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले गरेका थिए ।

Loading...