Rumpum

Rumpum Advertisement

सुनसरीमा बिहीबार २४ जनालाई कोरोना संक्रमण

सुनसरीमा बिहीबार २४ जनालाई कोरोना संक्रमण

इटहरी, १८ भदौ । सुनसरीमा बिहीबार २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिकाका १९ जना, बर्जु गाउँपालिकामा २ जना, इटहरी उपमहानगरपालिकामा २ जना र भोक्राहा गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

या सँगै सुनसरीमा कोरोना संक्रमितको संख्या ८५२ पुगेको छ । जसमध्ये ३९४ जना कोरोना संक्रमित निको भएका छन् भने ४ सय ५२ जना जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।

सुनसरीमा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।