धरहरा छेउमा पर्खाल भत्किएर डोजर पुरियो, चालक घाइते

काठमाडाैं, १८ भदाै । काठमाडौँस्थित निर्माणाधीन धरहरा छेउमा काम गर्ने क्रममा पर्खाल भत्किएर थिच्दा बिहीबार एक जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा डोजर चालक २३ वर्षीय विष्णुकुमार शाह रहेको प्रहरीले जनाएको छ ।

पर्खाल भत्किँदा डोजरसहित च्यापिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार घाइते उनलाई उद्धार गरेर उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

अन्य मानवीय क्षति भने भएको छैन । भूकम्पले भत्काएपछि अहिले धरहरा पुनःनिर्माण चलिरहेको छ । साविक गोश्वारा हुलाक रहेको क्षेत्रसमेत जोडेर धरहराको परिसर फराकिलो बनाउने क्रममा उक्त घटना भएको हो । रासस

Loading...