धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर, १८ भदौ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

बिहीबार दिउँसो एक घण्टाको अन्तरमा सप्तरी राजविराज– ७ का ५५ र ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

५५ वर्षीय पुरुष ७ भदौमा प्रतिष्ठानमा भर्ना भएका थिए । ५० वर्षीय संक्रमित पुरुषलाई बिहीबार नै धरान ल्याइएको थियो ।

आज दिउँसो १ः२० मा भर्ना भएका ५० वर्षीय पुरुषको २ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

उनका अनुसार दुई संक्रमितमा दिर्घरोग मधुमेहको समस्या थियो ।

Loading...