Rumpum

Rumpum Advertisement

बाढीमा हराएकामध्ये तीनको शव गुल्मीमा

बाढीमा हराएकामध्ये तीनको शव गुल्मीमा

परासी, १८ भदौ । बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति बाढीमा परी हराइरहेकामध्ये तीनजनाको शव गुल्मीको बढीघाट खोलामा फेला परेको छ ।

मुसिकोट नगरपालिका–५ ईन्द्रेगौंँडा–७ को सुदी र चन्द्रकोट गाउँपालिका–८ तीनसिमलस्थित बढीघाट खोला किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक केदार पन्थले जानकारी दिए ।

बढीघाट खोलामा ठूलो बाढी आएपछि स्थानीयवासीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेका शवमध्ये एक बालक र अन्य दुईजना अन्दाजी ३५/४० वर्षीया महिला भएको प्रहरीले जनाएको छ ।

उक्त पहिरोग्रस्त क्षेत्रबाट बगेको बढीघाट खोला धेरै मात्रामा गुल्मीको भूभाग हुँदै बग्ने भएका कारण बाढीपहिरामा हराइरहेका अन्य गुल्मीमा भेटिन सक्ने अनुमान गरिएको छ । बुधबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले बढीघाट खोलामा पानीको बहाव बढेकाले स्थानीय प्रशासनले खोला किनारमा बसोबास गर्ने मानिसलाई सुरक्षित रहन आग्रह गरेको छ ।