हर्ट अट्याक हुनबाट रोक्नका लागि केही टिप्सहरू

विराटनगर, १८ भदौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार प्रत्येक वर्ष विश्वव्यापीरुपमा मुटुसँग सम्बन्धित रोगका कारण एक करोड ७० लाख मानिसहरूको मृत्यु हुन्छ ।

यसमध्ये ३० लाख मानिसहरू स्ट्रोक र हार्ट अट्याकलगायतजा हृदयसम्बन्धी रोगहरूका कारण मर्दछन् । तथ्यांकका अनुसार अधिक युवाहरू हृदयघातको घटनाबाट प्रभावित भइरहेका छन् । हार्ट अट्याक हुन नदिन वा हार्ट अट्याकबाट बचेका व्यक्तिहरूले अर्को अट्याक हुनबाट रोक्नका लागि केही जीवनशैलीलाई परिवर्तन गर्न सक्छन् ।

हार्ट अट्याकपछि पुनस्र्थापना गर्न, स्वास्थ्य र उर्जाका लागि व्यायामले निकै महत्वपूर्ण भूमिका खेल्छ । व्यायामले कुनै चिन्तित वा तनावका भावनाहरूलाई प्रबन्ध गर्न र अझ राम्रो निन्द्रा पार्न मद्दत गर्छ । रिपोर्टअनुसार, प्रति हप्ता १ सय ५० मिनेट मध्यम शारीरिक गतिविधिको लक्ष्य राख्नु पर्छ । मध्यम गतिविधिहरूमा छिटो हिँड्ने, ब्याडमिन्टन वा टेनिस खेल्न सकिन्छ ।

नत्र एक हप्तामा ७५ मिनेटको तीव्र शारीरिक गतिविधि पनि छनौट गर्न सकिन्छ । व्यायाम हृदय रोगको जोखिम कम गर्न, हड्डी, मांसपेशीहरू र मानसिक स्वास्थ्यको विकाससँग जोडिएको हुन्छ । दैनिक भोजनमा अस्वास्थ्यकर खानाको साटो बढी फलफूल, तरकारीहरू, काष्ठफल, अन्नहरू खाँदा मुटुको स्वास्थ्यमा सुधार आउने गर्छ । खानामा माछा, प्रोटिन, कम फ्याट डेरी खाद्य पदार्थ, गेडागुडीलाई समावेश गर्नु पर्छ ।

धुम्रपान गर्नु र गरेको ठाउँमा बस्नु स्वास्थ्यका लागि हानिकारक हुने सबैलाई थाहा छ । धुम्रपानले रगतलाई टास्सिने पदार्थ जस्तो बनाउँछ र थप क्लोटहरू विकास गर्छ, जसले हृदयघातलाई ट्रिगर गर्न सक्छ । तनावले रक्तचाप बढाउन सक्छ जुन मुटुका लागि राम्रो मानिँदैन । यसैले, तनाव र चिन्ता व्यवस्थापन गर्न मद्दत गर्ने उपायहरू पत्ता लगाउन अत्यन्त महत्वपूर्ण हुन्छ ।

राम्रो निन्द्राले पनि मुटुको स्वास्थ्य व्यवस्थापनमा पनि मद्दत गर्छ । समस्याको सामना गर्न समस्याको बारेमा थाहा पाउँदा सधैं सजिलो हुन्छ । त्यसैले यो रोगको बारेमा जानेर आफ्नो लागि के राम्रो छ वा छैन बुझेर यसलाई निरन्तरता दिन जरूरी हुन्छ ।

Loading...