काठमाडौं उपत्यकामा आज ४४५ कोरोना संक्रमित थपिए

काठमाडौं, १८ भदौ । काठमाडौं उपत्यकामा बिहीबार थप ४४५ जना नयाँ कोरोना संक्रमित थएिका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४४५ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

बिहीबार थपिएका संक्रमितहरू काठमाडौंका ३५७ जना, ललितपुरका ४६ जना र भक्तपुरका ४२ जना रहेका छन् ।

यससँगै उपत्यकामा ७ हजार १२१ जना संक्रमित पुगेका छन् ।

Loading...