संक्रमितको संख्या ४२ हजार ८७७ पुग्यो

विराटनगर, १८ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।

बिहीबार थप १२ सय २८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४२ हजार ८७७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज ३९४ महिला र ८३४ पुरुष गरी थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको १३ हजार ४१३ जनाको परीक्षणमा थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २४ हजार २०७ पुगेको छ । कूल संक्रमितमध्ये ५६ प्रतिशतले काेराेना जितेका हुन् । बिहीबार थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप छ जनाकाे ज्यान गएसँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या २५७ पुगेकाे छ ।

Loading...