आज थप ९१७ जनाले जिते कोरोना

विराटनगर, १८ भदौ । नेपालमा बिहीबार थप ९१७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको पत्रकार सम्मेलनमा थप ९१७ जनाले कोरोना जितेको जानकारी दिएको छ ।

यससँगै संक्रमणमुक्त हुनेको संख्या २४ हजार २०७ पुगेको छ । कूल संक्रमितमध्ये ५६ प्रतिशतले काेराेना जितेका हुन् ।

बिहीबार थप १२ सय २८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप छ जनाकाे ज्यान गएसँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या २५७ पुगेकाे छ ।

Loading...