विराटनगरमा ३३ सहित प्रदेशमा थपिए ९५ संक्रमित

विराटनगर, १८ भदौ । विराटनगरमा थप ३३ जनासहित प्रदेश १ मा ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार विराटनगरसहित ३३ सहित मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र तेह्रथुममा २–२ र प्रदेश १ बाहिरका १ जना संक्रमण पुष्टि भएको हो ।

विराटनगरमा १३ महिला र २० पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । मोरङको सुन्दरहरैचामा ३ पुरुष, लेटाङमा २ महिला १ पुरुष, कटहरीमा २ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुष र बुढीगंगामा १ महिलामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा ४ महिला १७ पुरुष, इटहरीमा १ महिला २ पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका १–१ पुरुष र देवानगञ्जमा १ महिलामा संक्रमण देखिएको हो ।

झापाको कमल गाउँपालिकामा २ महिला ४ पुरुष, विर्तामोडमा ४ महिला १ पुरुष, अर्जुनधारामा १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

संखुवासभाको खाँदबारीमा ५ पुरुष र मादीमा १ पुरुष, धनकुटाको सहिदभूमिमा १ पुरुष, धनकुटा नगरपालिकामा १ महिला, ते¥हथुमको म्याङलुङमा १ महिला १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ६८० पुगेको छ ।

प्रदेश १ बाट आज ६० जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७४७ पुगेको छ ।

Loading...