सप्तरीमा झण्डै १२ सय जनाको स्वाब ल्याबमै थन्कियो

सप्तरी, १८ भदौ । सप्तरीमा पीसीआर परीक्षणको दायरा बढ्नुको साटो घट्दै गएको छ । राजविराजस्थित गजेन्द्रनाराणय सिंह अस्पतालको पीसीआर ल्याबमा रहेको एक मात्र मेसिन र सीमित जनशक्तिकै कारण परीक्षणको दायरा बढ्न नसकेको हो ।

स्वास्थ्य कार्यालय सप्तरीले अहिले दैनिक तीन सयदेखि चार सय स्वाब कन्टायक्ट टे«सिंगको आधारमा गरिरहेको छ । सोहीअनुसार संकलन ११ सय ९७ जनाको स्वाब अझै परिक्षण हुन नसकेको र संकलित स्वाब ल्याबमै थन्किएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाय यादवले जानकारी दिए ।

उनका अनुसार राजविराजकै ल्याबले सिरहाको स्वाब पनि जाँच्ने भएकाले समयमा संकलित स्वाब परीक्षण हुन सकेको छैन । पीसीआर ल्याबमा जनशक्ति अभाव हुँदा पनि २–३ सिफ्टमा दैनिक २ सयदेखि ३ सय स्वाब परीक्षण भइरहेको गजेन्द्रनरायण सिंह अस्पतालका निमित्त मेसु डाक्टर रञ्जित झाले बताए ।

यता शंका लागेर वा कन्ट्रायक्ट ट्रेसिंङमा परेर स्वाब दिएकाहरूको एक सातासम्म पनि नतिजा नआउँदा कतिपयले मानसिक तनाब हुने गरेको गुनासो गरेका छन् । यसबाहेक स्वाबको नतिजा पाउन एक साता पर्खिनुपर्ने भएकाले उक्त समयसम्म अनिवार्य होम क्वारेन्टाइन बस्नुपर्ने भएपनि त्यसो नहुँदा झन् संकमण बढने चिन्ता थपेको स्वास्थ्य कार्यालय प्रमुख यादवको भनाइ रहेको छ ।

Loading...