बियर वा वाइनको पिउने मानिसहरूलाई मोटापनाको समस्या हुने

विराटनगर, १८ भदौ । प्रत्येक दिन एक बोटल बियर वा सानो गिलास वाइनको सेवन गर्ने मानिसहरू २५ प्रतिशतसम्म मोटोपनको समस्या हुने सम्भावना रहेको अध्ययनले देखाएको छ ।

थोरै मात्रामा मदिराको सेवनले स्वास्थयमा राम्रो गर्ने तथा सुरक्षित हुने बताइन्थ्यो । तर, दुई करोड ६० लाख (एक करोड ४० लाख पुरुष र एक करोड २० लाख महिला) मानिसहरूमा गरिएको अध्ययनका अनुसार दक्षिण कोरियाली अनुसन्धानकर्ताहरूले थोरै भनेर वर्णन गरिने पिउने स्तरले पनि मोटोपना, उच्च रक्तचाप र मधुमेह जस्ता स्वास्थ्य समस्या निम्त्याउन सक्ने जनाएका छन् ।

यी सबै समस्याहरूलाई सँगै मेटाबोलिक सिन्ड्रोम भनेर चिनिन्छ, र मदिराको सेवनको कारण यी रोग हुने समस्याहरू पनि बढेको बताइएको छ । दक्षिण कोरियाको सियोलस्थित नेशनल मेडिकल सेन्टरका प्रमुख लेखक डा. ये जंग शिनले हल्का मदिरा सेवन पनि मेटाबोलिक सिन्ड्रोमसँग जोडिएको हुने बताएका छन् । एक ठूलो गिलास वाइन वा बियर पिउँदा मोटापनाको समस्या पुरुषहरूमा ४२ प्रतिशतले बढ्ने गर्छ ।

रक्सीसँग खाइने सितन, धेरै क्यालरीको खाना र यसको कारण निन्द्रामा हुने अवरोधका कारण रक्सीले वजन बढाउने गर्छ । १४ ग्राम रक्सीको रूपमा एक मानक पेय परिभाषित गरेको छ । प्रतिदिन औसत ७.१ देखि १४ ग्राम रक्सीको सेवन गर्ने पुरुषहरू नपिउनेहरूको तुलनामा मोटापना र मेटाबोलिक सिन्ड्रोमको खतरामा १० प्रतिशत बढी रहेको र १४ देखि २२ ग्राम पिउनेहरूमा मोटापना हुने २२ प्रतिशत तथा मेटाबोलिक सिन्ड्रोमको खतरा २५ प्रतिशत हुने पाइयो ।

साथै, एक दिनको औसत ७.१ देखि १४ ग्राम रक्सी पिउने महिलाहरूमा नपिउनेहरूको तुलनामा मोटोपनाको जोखिम नौ प्रतिशत बढायो तर, मेटाबोलिक सिन्ड्रोमको समस्यालाई तीन प्रतिशतले घटायो । त्यस्तै, दिनमा १४ देखि २२ ग्राम रक्सी सेवन गर्ने महिलाहरूमा क्रमशः मोटाइ र मेटाबोलिक सिन्ड्रोम हुने सम्भावना २२ र १८ प्रतिशत बढी हुने अध्ययनले देखायो । मात्रा बढ्दै गए खतरा पनि बढ्दै जाने डा. शिनको भनाइ छ ।

Loading...