दिग्गज अभिनेता दीलिप कुमारका भाइको कोरोना भाइरसको कारण मृत्यु

दिग्गज अभिनेता दीलिप कुमारका भाइको कोरोना भाइरसको कारण मृत्यु

विराटनगर, १८ भदौ । बलिउडका दिग्गज अभिनेता दीलिप कुमारका भाइको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोनासँग लडिरहेका ९० वर्षीय एहसान खानको लीलावती अस्पतालमा बुधबार राति करिब ११ बजे मृत्यु भएको हो । लीलावती अस्पतालका अनुसार कोरोनाबाट संक्रमित भएका एहसान हृदय रोग, उच्च रक्तचाप र अल्जाइमरका रोगी पनि थिए । यसअघि २१ अगष्टमा दीलिप कुमारका अर्का भाइ असलम कुमारको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।

स्वासप्रस्वासमा समस्या देखा पर्न थालेपछि दुवैलाई लीलावती अस्पतालमा भर्ना गराइएको थियो । यी दुबैले कोभिड १९को लागि सकारात्मक परीक्षण गरेपछि र तुरून्त अस्पतालको कोरोना भाइरस वार्डमा भर्ना गरिएको थियो । दुबैको अक्सिजन अक्सिजन लेभल ८० प्रतिशतभन्दा तल झरेको थियो । उमेर तथा मधुमेह र उच्च रक्तचापजस्ता पूर्व स्वास्थ्य समस्याहरूलाई ध्यानमा राख्दै थप सावधानीका साथ आईसीयूमा उपचार गरिएको थियो ।