Rumpum

Rumpum Advertisement

बिर्तामोडका दुई वटा बजार १० दिनपछि खुले

बिर्तामोडका दुई वटा बजार १० दिनपछि खुले

झापा, १७ भदौ । कोरोना भाइरस संक्रमण रोकथामका लागि बन्द गरिएका बिर्तामोडका दुई वटा बजार बिहीबारदेखि खुलेका छन् ।

१० दिनदेखि बन्द रहेका रत्न र प्रसाई सुपर मार्केट सेनिटाइज गरेर आजबाट खोलिएका हुन् ।

नगरपालिका र प्रहरीसँगको समन्वयमा बजार खोलिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिए ।

रत्न सुपर मार्केटका व्यवसायीको परिवारका दुई जना महिला सदस्यमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले ती दुई वटा बजार सिल गरी दुई सय जना व्यवसायीको कोरोना परीक्षण गरेको थियो ।

परीक्षणका क्रममा थप चार जना व्यवसायी र एक जना एनआइसी एसिया बैकका कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।