सीपीएल : सन्दीपको टोली जमैका र प्याट्रियट्स प्रतिस्पर्धामा

एजेन्सी, १८ भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पीनर सन्दीप लामिछाने सम्मेलित टोली जमैका तल्लावाजले आज आठौं खेल खेल्दैछ ।

नेपाली समयानुुसार आज साँझ ७ः४५ बजेबाट सुरु हुने उक्त खेलमा जमैकाले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

यो खेल ट्रिनिडाडस्थित ब्रियन लारा स्टेडियमा हुनेछ । जहाँ, जमैका चौथो जितको खोजीमा हुनेछ । पछिल्ला सात खेलमध्ये जमैकाले तीन खेलमा जित र चार खेलमा हार व्यहोरेको छ । ऊ ६ अंकका साथ लिगको चौथो स्थानमा रहेको छ ।

यता, प्याट्रियट्स भने २ अंकका साथ छैटौं स्थानमा छ । उसले आठ खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ ।

यस खेलमा सन्दीपले स्थान बनाउने सम्भावना धेरै छ । सन्दीपले जारी सीपीएलमा दस विकेट लिइसकेका छन् ।

Loading...