Rumpum

Rumpum Advertisement

कोरोनाको जोखिम कम गर्न साबुन कि ह्यान्डवास ?

कोरोनाको जोखिम कम गर्न साबुन कि ह्यान्डवास ?

विराटनगर, १८ भदौ । कोरोना संक्रमणबाट जोगिन मास्क, सामाजिक दुरीको अभ्यासका साथै साबुन–पानीको महत्तवपूर्ण भूमिका रहेको छ ।

यो बानी ६ महिना अघिसम्म प्रायः कोहीसँग पनि थिएन । मास्क, सेल्फ–आइसोलेनस तथा सामाजिक दुरीजस्तै कोरोना संक्रमणबाट जोगिने हतियारबीच हात धुने बानीलाई प्रायः धेरै बेवास्ता गरिएको पाइन्छ । विज्ञहरूका अनुसार डाक्टर तथा सरकारी अधिकारीहरूका तर्फबाट कोरोना भाइरसको केमिकल बनावटलाई बिगार्नका लागि पटक–पटक मनतातो पानीले २० सेकेन्डसम्म हात धुन सुझाव दिइरहेका छन् ।

ब्रिटेनको केन्ट विश्वविद्यालयमा आणविक विज्ञानका प्राध्यापक मार्टिन माइकलिस पानीले मात्र भाइरस निर्मुल गर्न नसक्ने बताउँनछ । धेरैजसो मानिसहरूले साबुनको प्रयोग गर्नुभन्दा पनि एन्टी–भाइरल ह्यान्डवास र सेनिटाइजर प्रयोग गर्न थालेका छन् । सामान्य साबुनभन्दा बढी प्रभावकारी हुने सोचका साथ प्रयोग गरिने ह्यान्डवास र सेनिटाइजर, साबुनभन्दा प्रभावकारी नहुने माइकलिसको भनाइ छ ।

बजारमा पाइने प्रायः एन्टी–माइक्रोबियल ह्यान्डवासहरू वास्तवमा एन्टी–बैक्टीरियल हुन्छन् । यसले आउने समयमा अझ गाह्रो हुन सक्ने उनले चेतावनीसमेत दिएका छन् । साथै, मानिसहरूले प्रयोग गरिरहेका अन्य सबै कीटाणुनाशकहरू वातावरणका लागि चिन्ताको विषय हुन सक्छ र ब्याक्टेरियाको समस्याको कारण हुन सक्ने उनले बताए ।

त्यस्तै, बोस्टनको पूर्वोत्तर विश्वविद्यालयमा रसायन र रासायनिक जीवविज्ञानको एसोसिएट प्रोफेसर थमस गिल्बर्ट पनि माइकलिसको कुरामा सहमत छन् । हात धुने पानी पिउने लायक हुनु पर्छ भन्ने आवश्यक छैन । यस अवस्थामा, कुनै पनि पानीलाई हात धुनुका लागि प्रयोग गर्न सकिन्छ । गिल्बर्टले साबुन र पानी नभएको खण्डमा सेनिटाइजर प्रयोग गरे पनि आफूले सधै सेनिटाइजर भन्दा पनि साबुन र पानीको प्रयोग गर्न सल्लाह दिन्छन् ।

महामारीको सुरुआतका बेला वैज्ञानिकहरूले मानिसहरूले हरेक केही घण्टामा आफ्ना हात धुनु पर्ने बताएका थिए । गिल्बर्टका अनुसार धेरैजसो घरमा बस्नेहरूलाई यसो गर्नु आवश्यक पर्दैन । तर, शौचालय गएपछि र खाना खानुअघि र पछि राम्ररी हात धुनु आवश्यक हुन्छ । साथै, कोभिड १९ बिरामीको हेरचाह गरिरहेका मानिसहरू पटक–पटक आफ्ना हातहरू धुनु पर्छ ।