सुनको मूल्य सात सयले घट्यो

काठमाडौ, १८ भदौ । स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला सात सयले कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज बुधबारको तुलनामा सात सयले कमी आई ९६ हजार ५०० मा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९७ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनमा समेत प्रतितोला सात सयले कमी आएको छ । बुधबार प्रतितोला ९६ हजार ७०० मा कारोबार भएको तेजाबी सुन आज ९६ हजारमा कारोबार भएको छ । यस्तै चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३४५ मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २६५ कारोबार भएको थियो ।

Loading...