Rumpum

Rumpum Advertisement

बाढीले बगाएका आठको शव फेला

बाढीले बगाएका आठको शव फेला

बागलुङ, १८ भदौ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ । सुकुर्दुङस्थित भुजी खोलाको बाढीमा १३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले १३ घर बगाएर क्षति बनाएको छ । घटनास्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार बेपत्ता र मृतकको संख्या बढ्न सक्ने बताए । ‘बाढीपीडित परिवारका सदस्यले दिएको जानकारीअनुसार बेपत्ताको संख्या बढ्न सक्ने अनुमान छ,’ रेग्मीले भने ।

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।