करेन्ट लागेर रंगेलीमा एकको मृत्यु

विराटनगर, १८ भदौ । करेन्ट लागेर मोरङको रंगेलीमा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ ।

खेतमा पानी पटाउन मटर जोड्ने क्रममा करेन्ट लाग्दा रंगेली नगरपालिका–५ का ५५ वर्षीय रामप्रसाद मण्डलको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार मटरमा विद्युत् जोड्ने क्रममा करेन्ट लागेर मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

Loading...