बुटवल र चितवनामा कोरोना संक्रमित दुई महिलाको मृत्यु

विराटनगर, १८ भदौ । बुटवल र चितवनमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना नगरपालिका ११ की ७७ वर्षीया वृद्धाको बिहीबार बिहान ४ बजेतिर मृत्यु भएको छ । उनलाई कोरोनासँग मिल्ने लक्षण देखिएपछि बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । वृद्धामा बुधबार साँझ कोरोना पुष्टि भएको थियो ।

त्यस्तै चितवनको भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया संक्रमित महिलाको बुधबारराति उपचारका क्रममा मृत्यु भएको छ । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

ज्वरो, खोकी, झाडापखाल लगायत कोरोनासँग मिल्ने लक्षण देखिएकी महिलालाई उपचारका लागि भदौ ५ गते अस्पाल भर्ना गरिएको थियो । त्यसको पाँच दिनपछि भदौ १० गते कोरोना पुष्टि भएसँगै उनलाई भेन्टिलेटरको सहायतामा आईसीयूमा राखेर उपचार थालिएको थियो ।

Loading...