विश्वमा दुई करोड ६१ लाख बढी संक्रमित

विराटनगर, १८ भदौ । कोरोना भाइरसका कारण विश्वमा एक करोड ६१ लाख बढी संक्रमित बनेका छन् ।

एकै दिन दुई लाख ८२ हजार चार सय ३२ जना बिरामी थपिएपछि संक्रमित संख्या दुई करोड ६१ लाख ७४ हजार चार सय ८३ पुगेको हो । हालसम्म कोरोनाका कारण आठ लाख ६६ हजार पाँच सय ३६ जनाले ज्यान गुमाइसकेको वाल्डो मिटरले जनाएको छ । एकै दिनमा छ हजार दुई सय १२ जनाको मृत्यु भयो ।

एक करोड ८४ लाख २४ हजार दुई सय २१ जना उपचारपछि घर फर्किएका छन् । ६८ लाख ८३ हजार सात सय २६ जना उपचाररत रहेकोमा ६० हजार सात सय सात जनाको अवस्था गम्भीर छ ।

विश्वमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म ६२ लाख ९७ हजार छ सय ५४ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ४० हजार ८३ नयाँ संक्रमित भेटिए ।

कोरोनाका कारण अमेरिकामा एक लाख ८९ हजार नौ सय २९ जनाले ज्यान गुमाइसकेका छन् । एकै दिन एक हजार २९ जनाको मृत्यु भयो ।

३५ लाख ३७ हजार दुई सय ७२ जना उपचारपछि घर फर्किसकेको वाल्डो मिटरले जनाएको छ । २५ लाख ७० हजार चार सय ५३ जना उपचाररत रहेकोमा १५ हजार एक सय ३४ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा संक्रमित संख्या ४० लाख नाघेको छ । एकै दिन ४८ हजार छ सय ३२ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ४० लाख एक हजार चार सय २२ पुगेको हो ।

ब्राजिलमा एक लाख २३ हजार आठ सय ९९ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार दुई सय १७ जनाले ज्यान गुमाए ।

३२ लाख १० हजार चार सय पाँच जना उपचारपछि घर फर्किएका छन् । छ लाख ६७ हजार एक सय १८ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ को स्वास्थ्य अवस्था नाजुक छ ।

छिमेकी मुलुक भारतमा हालसम्म संक्रमित संख्या ३८ लाख ४८ हजार नौ सय ६८ पुगेको छ । एकै दिन ८२ हजार आठ सय ६० जनामा संक्रमण पुष्टि भयो । हालसम्म ६७ हजार चार सय ८६ जनाले ज्यान गुमाइसकेका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा एक हजार २६ जनाको मृत्यु भयो ।

२९ लाख ६७ हजार तीन सय ९६ जना उपचारपछि कोरोना जितेर घर फर्किएका छन् । आठ लाख १४ हजार ८६ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

Loading...