मोरङबाट २ लाख ८९ हजार नगदसहित १२ जुवाडे पक्राउ

विराटनगर, १७ भदौ । मोरङको कानेपोखरीबाट १२ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार कानेपोखरी गाउँपालिका–७ चालीसबिघेबाट २ लाख ८९ हजार ५३१ रुपैयाँ नगदसहित १२ जुवाडे पक्राउ परेका हुन् ।

लुकीछीपी जुवा खेलिरहेको भन्ने मौखिक सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चालीसबिघेस्थित किशोर लुइँटेलको घरमा जुवा खेलिरहेका १२ जनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बेलबारी–१ का बिमल गुरुङ, बेलबारी–३ का कृष्ण लिम्बू, बेलबारी–११ का श्याम लिम्बू र चन्द्र लिम्बू, लेटाङ–५ का समीर तामाङ, बिर्तामोड–३ का लक्ष्मीकुमार तामाङ, बिर्तामोड–५ का सञ्जीव घतानी, हल्दिवारी–५ का ताराकुमार जोगी, बुद्धशान्ती–४ का मनिष लिम्बू, धरान–१६ का रुपजंग लिम्बू, धरान–३ का किरण उदास र इटहरी–२० का राजन पौडेल रहेका छन् ।

Loading...