दैनिक कफीको सेवनले टाइप २ मधुमेहको जोखिमलाई घटाउन सक्ने

एजेन्सी, १७ भदौ । दैनिक कफीको सेवनले टाइप २ मधुमेह जोखिमलाई घटाउन सक्ने अध्ययनले देखाएको छ ।

एक भारतीय-अमेरिकी अनुसन्धानकर्ताको नेतृत्वमा गरिएको एक अनुसन्धानका अनुसार, कफी सेवन नगर्ने मानिसहरूको तुलनामा चार वर्षको अवधिमा हरेक दिन एक कपभन्दा बढी कफीको सेवनले मानिसहरूमा टाइप २ मधुमेह हुने खतरा ११ प्रतिशत कम भएको छ ।

हावार्ड स्कुल अफ पब्लिक हेल्थ (एचएसपीएच)को पोषण विभागका अनुसन्धान फेलो शिल्पा भूपतिराजूका अनुसार पहिला कफीको सेवन गर्ने र सेवन घटाउदै लानेहरूको टाइप २ मधुमेह जोखिम १७ प्रतिशतले वृद्धि हुन्छ ।

यो अध्ययनले कफीको सेवनले टाइप २ मधुमेहको कम जोखिमसँग सम्बन्धित रहेको अघिल्लो अध्ययनहरूलाई पुष्टि गरेको छ ।

नयाँ अध्ययनले कफी सेवनको बानीमा ल्याएको परिवर्तनले छोटो अवधिमा टाइप २ मधुमेह जोखिमलाई असर गर्न सक्ने प्रमाण दिएको छ । अन्वेषकहरूले प्रत्येक चार बर्षमा एक प्रश्नावलीको साथ सहभागीहरूको आहारको मूल्यांकन गरेका थिए । त्यसमध्ये टाइप २ मधुमेहका जम्मा ७ हजार २ सय ६९ बिरामीहरू दर्ता भएको थियो ।

चार वर्षको अवधिमा बानीमा कुनै परिवर्तन नगर्नेहरूको तुलनामा प्रति दिन एक कपभन्दा बढी कफीको सेवन गर्ने सहभागीहरूले टाइप २ मधुमेहको ११ प्रतिशतमा जोखिम कम भएको देखा परेको थियो ।

दैनिक कफीको सेवन कम गर्ने वा नगर्नेहरूमा मधुमेहको जोखिम १७ प्रतिशत बढी रहेको पाइएको थियो ।

कफी भनेको मधुमेह जोखिमलाई असर गर्ने धेरै कारकहरूमध्ये एउटा मात्र हो । सबैभन्दा महत्त्वपूर्ण कुरा, व्यक्तिहरूले आफ्नो तौललाई मेनटेन गर्नुका साथै शारीरिक रूपमा सक्रिय हुनुपर्ने वरिष्ठ लेखक र एचएसपीएचका पोषण तथा महामारी विज्ञानका प्राध्यापक फ्रान्क हूले बताएका छन् ।

Loading...