हुम्लाको रोडिकोटमा भीषण आगलागी : १५ घर नष्ट

हुम्ला, १७ भदाै । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।

एक घरबाट सुरु भएको आगलागीबाट अहिले १५ भन्दा बढी घर जलेर नष्ट भएको आगालागीस्थलबाट स्थानीयवासी धर्मराज शाहीले बताए ।

बेलुकी करीब ६ बजेतिर एक्कासि गाउँमा आगलागी भएको जनाइएको छ ।

नियन्त्रणका लागि गाउँका सबै गए पनि केही गर्न नसकिएको बताइएको छ ।

पानीको हाहाकार भएकाले निभाउन सकिएको छैन ।

आगलागी नियन्त्रणका लागि गाउँपालिका केन्द्रबाट प्रहरीको टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।

Loading...