रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जो (बनाउने तरिकासहित)

विराटनगर, १७ भदौ । कोरोना भाइरस महामारीविरुद्ध लड्नका लागि आफ्नो प्रतिरोधक क्षमता बलियो बनाउनुका साथै यसलाई कायम राख्न धेरै महत्तवपूर्ण हुन्छ ।

प्रतिरोधक क्षमता बलियो बनाउनुका साथै कोरोना भाइरसको उपचारका लागि गुर्जोले प्रभावकारी काम गर्ने बताइएको छ ।

चिसो र खोकी जस्ता सामान्य संक्रमणले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ । त्यसैले, प्रतिरक्षा प्रणालीलाई मजबुत राख्नका लागि गुर्जोकाे सेवन राम्राे मानिन्छ ।

वैज्ञानिक भाषामा टिनोस्पोरा कर्डिफोलिया भनेर चिनिने गुर्जु आयुर्वेदमा प्रयोग हुने धेरै स्वास्थ्य विशेषज्ञहरू र पोषण विशेषज्ञहरूले पनि यसको फाइदा हुने बताउँछन् ।

गुर्जोको लहरा अत्यन्त लोकप्रिय छ, तर यसको जरालाई पनि प्रयोग गर्न सकिन्छ । एफडीए (फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन) द्वारा पनि उपचारात्मक औषधिमा प्रयोग गर्न समेत यसलाई अनुमति दिइएको छ ।

एन्टिक्सिडन्टहरूले भरिएको गुर्जोको सेवनले फ्रि-रेडिकलहरूसँग लड्न, विषाक्त पदार्थहरू हटाउन, रगत शुद्ध पार्न, रोगहरू निम्त्याउने जीवाणुहरूसँग लड्न, कलेजोको रोग र मूत्रमार्गको संक्रमणमा पनि लाभदायक हुन्छ ।

गुर्जो प्रकृतिमा एन्टी-पायरेटिक हो; यसले डेंगु, स्वाइन फ्लू र मलेरिया जस्ता थुप्रै जीवनलाई जोखिममा पार्ने रोग तथा रोगका लक्षणहरूलाई कम गर्न मद्दत गर्छ ।

गुर्जो बनाउन चाहिने सामग्रीहरू: २ कप पानी, १ चम्मच सुख्खा गुर्जो पाउडर, १/२ चम्मच हल्दी पाउडर, पुदीना पातहरू, सानो दालचिनी, १ चम्मच मरिच पाउडर, अलिकति पिसेको अदुवा, १ १/२ चम्मच मह ।

विधि: भाँडामा पानी उमामेर त्यसमा हल्दी र कालो मरिड मिसाउनु पर्छ । यसलाई एक मिनेटसम्म उमालेर गुर्जो पाउडर, अदुवा र दालचिनी राखेर कम्तीमा एक मिनेटसम्म उमाल्नु पर्छ ।

यसमा पुदीना पात र मह थपेर केही समयको लागि चिसो हुन दिएर पिउनु पर्छ । कालो मरिचमा हुने एंटी-इन्फ्लेमेटरी गुणले श्वासप्रश्वासको अवस्थासँग लड्न र फोक्सोमा भएको नराम्रो असरलाई कम गर्न पनि सहयोग गर्छ ।

Loading...