पीसीआर परीक्षण गराएर आत्महत्या, रिपोर्ट ‘पोजिटिभ’

बर्दिवास, १७ भदौ । महोत्तरीको बर्दिवास नगरपालिकामा कोरोना संक्रमण रिपोर्ट आउनुअगावै आत्महत्या गरेकी एक जना वृद्ध महिलामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।

मृतकको बुधबार स्वाब परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो । बर्दिवास नगरपालिका–३ गौरीडाँडाका ८० वर्षीय महिलामा संक्रमण पुष्टि भएको बर्दिवास नगरपालिकाका नगरप्रमुख बिदूरकुमार कार्कीले जानकारी दिए ।

८० वर्षीय महिलाले बुधबार बिहान झुण्डिएर आत्महत्या गरेको उनले बताए । मृतक महिलाको १५ भदौमा स्वाब संकलन गरी परीक्षणको पठाइएको थियो । मृतकको घरका अन्य ३ जनामा ११ भदौमा नै कोरोना संक्रमण पृष्टि भएको थियो ।

योसँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

Loading...