भारतले ‘पब्जी’सहित ११८ मोबाइल एप्सलाई प्रतिबन्ध लगायो

एजेन्सी, १७ भदौ । भारतले चर्चित अनलाइन खेल ‘पब्जी’सहित ११८ मोबाइल एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

भारतको सूचना तथा प्रविधि मन्त्रालयले बुधबार दक्षिण कोरियाको कम्पनीद्वारा विकसित अनलाइन खेल पब्जीसहित ११८ मोबाइल एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

भारतले प्रतिबन्ध लगाएका एपहरू प्रायः चीनसँग जोडिएका छन् । पछिल्लो समय चीनसँग भारतको तनाव बढिरहेको समयमा भारतले यस्तो निर्णय गरेको हो ।

यसअघि पनि भारतले लोकप्रिय भिडियो एप टिकटकसहित चीनसँग जोडिएका ५९ मोबाइल एपमा प्रतिबन्ध लगाएको थियो ।

Loading...